बाँसलाई व्यवसाय बनाउने जोडी । Bamboo Business । Bamboo Bazar । Business Stories Nepal । 2025
Автор: Business Stories Nepal
Загружено: 2025-07-28
Просмотров: 748
Описание:
प्रकृति र आशिष दुवैले यसरी सँगै व्यवसायी होइन्छ भन्ने सोचेका थिएनन् । उनीहरूको परिवारबाट कोही व्यवसायी नभएकाले पनि सम्भावना कम थियो । विद्यार्थी उमेर थियो । उनीहरू काठमाण्डौँको किङ्स कलेजमा पढिरहेका थिए ।
तर त्यसैदौरान एउटा संयोग पर्यो । उनीहरूले कलेजको लागि एउटा प्रोजेक्ट गर्नुपर्ने भयो । त्यो दिगो हुनुपर्ने थियो । प्रकृतिलाई आफ्नो घरमा भएको बाँसबाट बनेको सामान याद आयो । त्यो उनीभन्दा अगिल्लो पुस्ताबाटै चलिरहेको थियो । "बाँसको सामान दिगो हुन्छ । यसले वातावरणलाई पनि असर गर्दैन ।" उनले सोचिन् र बाँस छानिन् ।
त्यहाँबाट सुरु भएको उनीहरूको यात्रा अहिले आफ्नै व्यवसाय बनिसकेको छ । पचास हजारबाट थालेको त्यो यात्राले अहिले लाखौँको कारोबार गरिरहेको छ । उनीहरू दुई जनाबाट धेरै जनाको टिम बढेको छ । बेम्बो बजारसँग सेवा लिनेको सङ्ख्या व्यक्ति, सरकारी र गैरसरकारी संस्थाहरू लगायत गरी सयौँ नागिसकेको छ ।
उनीहरूको व्यवसायको कथा के हो ? प्रेमीबाट श्रीमान् श्रीमती बनेका उनीहरूले यो व्यवसाय कसरी चलाइरहेका छन् । यस्तो व्यवसाय गर्दा के के सम्भावना छन् अनि चुनौती के के छन् ? थाल्नेबेलाको उत्साहले कहिले हँसाउँछ कहिले थकाउँछ? कमाई कति हुन्छ अनि बढ्दो आकारसँग व्यवसायले के के दिन्छ के के लिन्छ? यो भिडियोमा हामीले यसैबारेमा गफ गरेका छौँ ।
प्रकृतिले भिडियोमा पनि बाँसको काम जान्ने र गर्ने सबैसँग जोडिन चाहेको भनेकी छन् । यदि तपाईँलाई व्यवसायको बारेमा बुझ्न मन छ वा बाँसको काम गर्नुहुन्छ र फैलिने ठाउँ खोजिरहनुभएको छ भने उनीहरूसँग जोडिन सक्नुहुन्छ ।
सम्पर्क नम्बर: 9869667081
Instagram: https://www.instagram.com/bamboobajza...
Website: https://thebamboobazar.com/
भिडियोलाई यो च्याप्टरमा गएर पनि हेर्न सक्नुहुन्छ ।
0:00 Introduction & Highlights
2:22 How did the business start?
5:25 Early business days and investment
7:26 Turning point- Going to India/Gharko Lalpurja
8:51 Products tour
10:50 New retail brand-Choya ko brush
11:36 Pricing of products and clients
13:10 Most sold products
14:42 What is your biggest lesson?
15:42 Office visit
19:34 Warehouse visit
20:59 About the team and earning
22:13 Learnings-How to motivate staff?
23:28 Problems and opportunities
26:12 How to do Laser printing on bamboo?
30:12 Benefits of husband and wife in the same business.
32:30 Recommendation to others
35:16 Advantages of bamboo-based business
37:15 Interview with Prakriti’s sister
Prakriti and Ashish had never imagined that they would one day become entrepreneurs together. Since no one in their families came from a business background, the chances had seemed slim. They were still students, studying at King’s College in Kathmandu.
But then a coincidence occurred. They were required to do a college project — one that had to be sustainable. Prakriti remembered some bamboo products that had been in her home for years. These items had been passed down from the previous generation. “Bamboo products are sustainable. They don’t harm the environment either,” she thought, and chose bamboo for the project.
That’s where their journey began — a journey that has now become a full-fledged business. What started with just fifty thousand rupees is now generating business worth lakhs. Their team, which began with just the two of them, has now grown significantly. Bamboo Bazar has served hundreds of clients, including individuals, as well as government and non-government organizations.
What is the story behind their business? How did they, once lovers and now husband and wife, come to run this venture together? What are the possibilities and challenges in such a business? Does the excitement that came with starting out still bring joy, or has it also become exhausting at times? How much do they earn? And as the business grows, what does it give and what does it take away? In this video, we talk about all of this.
In the video, Prakriti also says she wants to connect with anyone who knows and works with bamboo. If you're curious about their business journey, or if you work with bamboo and are looking for ways to expand, you can reach out to them.
Contact number: 9869667081
Instagram: https://www.instagram.com/bamboobajza...
Website: https://thebamboobazar.com/
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: