राज्य व्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामती सेवा विधेयक परिमार्जन सहित पारित भएको छ ।
Автор: Anews Nepal
Загружено: 2025-05-15
Просмотров: 189
Описание:
#birgunj #nepal #anewstelevision
शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनलाई परिमार्जन सहित पारित गरिएको सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । समितिबाट पारित विधेयकमा कुलिङ पिरियड २ वर्ष राख्ने सहमति जुटेको छ । त्यस्तै निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष रहने र १–१ बर्ष कार्यान्वयन विधि अपनाउने सहमति समेत जुटेपछि विधेयक पारित भएको हो । समिति सभापति खतिवडाले समिति सदस्य, सरकार र सरोकारवाला सवैको सहयोग र योगदानका कारण विधेयक पारित गर्न सफल भएको बताउनुभयो । उहाले आवश्यक परेको खण्डमा विधेयकमाथि संशोधन गर्न सकिने उल्लेख गर्नुभयो । त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले कुलिङ पिरियड दुई वर्ष राख्न प्रस्ताव गर्नुभएको थियो । त्यस्तै उहाले उमेर हद ६० वर्षका बिषयमा पनि १–१ बर्ष गरि कार्यान्वयन गर्न प्रस्ताव गर्नुभएको थियो । लेखकले कुलिङ पिरियड र उमेर हदका बिषयमा सरकारको रायमा सहमति खोज्न प्रस्ताव गरेपछि समितिले सहमति जनाएको थियो । उहाले औसत आयु बढेको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासलाई अध्ययन गरेर नै पहिलो आर्थिक बर्षमा १ र अर्को आर्थिक बर्षमा १ गरेर उमेर हद ५८ वाट ६० बनाउन सुझाव दिएको उल्लेख गर्नुभयो । निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि २०८१ जेठ १५ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरूले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन दर्ता गराएका थिए ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: