Goreto | kidsandheroes
Автор: kidsandheroes
Загружено: 2024-05-31
Просмотров: 1073
Описание:
Lyrics:
निसासिएर के भयो र? सबै ठिकै छ
पिरले पिरो पारे पनि दिनहरू कट्दै छन्।
नहुँदो रहेछ गाह्रो क्यारे रहर भुलाउन,
सकिन्न बरु बुझेर पनि साँचो थाहापाउन
उभिदैछु हाम्रा बाटामा, मेरो आकाश निलो छैन
कोसौँ टाढा भए पनि, के देख्छौ तिमी जे देख्छु म?
रम्न म छाडेको छैन, मात्र मेरो रूह हराएको
कहाँ छौ र? देख्दिन त म, बिराए के तिम्रै गोरेटोमा?
मेरो छाँया सरि पछि परि खुस्खुस्याउदा
अँधेरो अँधेरो भएनि ठम्याउँथ्ये तिमीलाई म।
पार देखिने भएछु होला, खोक्लो छु म नहेरन
भुल्नेछु तिमीलाई, भुल्दिन याद मेरो ढोका ढक्ढक्याउछ
उभिन्छौ र हाम्रा बाटामा? तिम्रो आकाश निलो छ र?
कोसौँ टाढा भए पनि देख्न खोज्छु म जे देख्छौ तिमी।
हाँस्न भने न छाड न, अनि बाँच्न जति टाढा भएनि
सोँचे है मेरा बारेमा, एक्लै हुन्छौ कहिले।
केही ठिक छैन, ठिक गरूँ र म?
कि छाडि दिउँ लथालिङ्गिनलाई?
के बिरायौँ बिरायौँ हामीले,
दोहोर्याउन चाहन्न म।
उभिनेछु आफ्नो बाटोमा, मेरो आकाश निलो हुनेछ
चिन्दै छु आफैलाई अझ, हुनेछु जे देख्दै छु म।
रमाउन म छाडेको थिएन, मेरो रूह मै भित्र छ
आशा गर्दिन, पाउने छु म सबै। हिँडीरहेछु म मेरै गोरेटोमा
गोरेटोमा ...गोरेटोमा...गोरेटोमा...गोरेटोमा
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: