ASEZ WAO holds 'Zero Plastic Free 2040' seminar in Nepalgunj
Автор: Jana Aawaj TV
Загружено: 2026-02-26
Просмотров: 1458
Описание:
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे स्वयंसेवक समूह ASEZ WAO द्वारा जिरो प्लास्टिक मुक्त २०४० सेमिनार गोष्ठी सम्पन्न भएको छ ।
‘प्लास्टिक’आधुनिक औद्योगिक करणको उदयसँगै सस्तो र सजिलै ठूलो परिणाममा उत्पादन हुने वस्तु भएकोले हाम्रो जीवनमा ठूलो सुविधा दिएको छ। ‘तर प्लास्टिक लाभदायक मात्र नभई वास्तवमा प्लास्टिकको लापरवाह प्रयोग र विसर्जनले गम्भीर वातावरणीय समस्याहरू निम्त्याएका छन्।
यीमध्ये सबैभन्दा गम्भीर कुरा भनेको प्लास्टिक प्राकृतिक रुपमा नकुहिनु हो । एउटा प्रसिद्ध भनाइ छ प्लास्टिक बनाउन ५ सेकेन्ड लाग्छ, प्रयोग गर्न पाँच मिनेट लाग्छ, तर कुइन ५०० वर्षभन्दा बढी लाग्छ।”
समुद्री महासागरमा व्यापक प्लास्टिक फोहोरहरूले गर्दा, समुद्री कछुवा, र माछाहरु, लगायत सम्पूर्ण जलप्राणीहरू माछा मार्ने जाल, र प्लास्टिकको झोला, हरूमा अल्झिएर मरेका रिपोर्टहरु बारम्बार आउन थाले।, सन् १९९७ मा अमेरिकी वातावरणविद् चार्ल्समुरले लस इन्जलस बाट हवाई तिर जाँदै गर्दा प्रशान्त महासागरको बीचमा प्लास्टिकको फोहोरको विशाल थुप्रो पत्ता लगाए।
यो क्षेत्र अहिले great Pacific garbage patch (GPGP) मा करिब १८ खरब प्लास्टिक फोहोरका टुक्राहरू छन् जसको तौल करिब ८० हजार टन जति, एक तथ्याङ्कले सन् २०५० सम्ममा समुद्रमा प्लास्टिकको कुल तौल सबै माछाहरूको भन्दा बढी हुने अनुमान लगाएको छ।,
प्लास्टिक जसले समुन्द्री पारिस्थितिक प्रणालीमा विनाशको गम्भीर असर पारेको एक तथ्याङ्कले देखाएको छ। स्पष्ट भन्नुपर्दा प्लास्टिक प्रदूषणले समुद्री पारिस्थितिक प्रणाली मात्र नभई स्तलीय पारिस्थितिक प्रणाली र पशु कल्याण साथै मानव जीवनमा समेत गम्भीर खतरामा पार्छ।,
ASEZ WAO परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवक समूहले बृहत् रूपमा’२०४०’ प्लास्टिकमुक्त अभियान अन्तर्राष्ट्रिय रूपमा जारीगर्दै आएको छ।,
जस अन्तर्गत: सरसफाई अभियान विभिन्न सार्वजनिक स्थानहरू, सडकहरू, बसपार्क, साथै विभिन्न मनोरञ्जनात्मक पार्कहरूमा, खोला, र नदीहरूमा, समुन्द्र,का किनारहरूमा सरसफाई अभियान गरी समाजमा सचेतना फैलाउँदै आएको छ।
यसै अन्तर्गत ASEZ WAO नेपालगञ्ज शाखाले विभिन्न राजनीतिज्ञ व्यक्तिहरू साथै शिक्षक शिक्षिकाहरू लगायत अन्य करिब ९० जनाको सहभागितामा सचेतनामूलक ,सेमिनार’ सम्पन्न भएको छ । साथै कार्यक्रममा उपस्थित व्यक्तिहरूले पृथ्वी का सम्पूर्ण जीवित जीवाणहरूको भविष्यको निम्ति यहाँहरुले चाल्नुभएको कदम उत्कृष्ट छ हामी पनि यो कार्यको सुरुवात गर्नेछौं भनी, समर्थनयुक्त साझेदारी पत्रमा हस्ताक्षर गर्नुभई कार्यक्रम सम्पन्न भएको छ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: