सानु / kajan THAPA / NEW NEPALI RAP SONG
Автор: Kajan Music
Загружено: 2026-01-19
Просмотров: 471
Описание:
🎵 [सानु] 🎵
© [2026] [Kajan Thapa/Kajan Music]. All Rights Reserved.
**COPYRIGHT AND LEGAL NOTICE: **
This audio composition, "[सानु]," including the music and sound recording, is an original work created using Suno AI under a commercial license. The lyrics are the sole intellectual property of Kajan Thapa. This entire work is protected by copyright law and international treaties.
Unauthorized reproduction, distribution, re-upload, sampling, or public performance of this audio file is strictly prohibited. Any use of this audio without explicit, written permission from the copyright holder will result in immediate legal action and a copyright infringement claim under the Digital Millennium Copyright Act (DMCA).
For licensing, permissions, or business inquiries, please contact: [email protected]
**Credits: **
Music & Sound Recording: Generated with Suno AI (Paid Commercial License)
Lyrics & Composition: Kajan Thapa
#सानु #OriginalMusic #CopyrightProtected #sunoai
Lyrics
अक्षरको जाल बुन्दै, रातलाई साक्षी राखेँ, तेरो मेरो यो उन्माद, शब्दको ऐनामा जाँचेँ। न त तिर्सना मेटिने, न त होस नै आउने, अपुरो लाग्ने यो सम्बन्ध, पागल नै जस्तो बनाउने।
सुरुवात भयो टिक टकमा, एउटा सानो भेटबाट, भिज्दै गयौँ बिस्तारै हामी, भावना को गेट बाट। हल्का कुरा गर्दा गर्दै, बानी तिम्रो बस्न थाल्यो, मुटु भित्र तिम्रो यादले, डेरा झनै कस्न थाल्यो। समय आउने बित्तिकै म, आतुर भई बस्थेँ सानी, पर्खाइमा डुब्थेँ म त, भुलेर आफ्नै दाना-पानी। घण्टौँ बित्थ्यो बोलेर, तर मन कहिल्यै अघाएन, तिम्रो मेरो गफ जस्तो, अरु केही नि रुचाएन । 'बेस्टी' अनि 'बेस्टु' भन्दै, नयाँ नामले बोलायौँ, मायाको त्यो फूलबारीमा, हामी दुवै रमायौ। गुड मर्निङ देखि गुड नाइट सम्म, सधैँ तिम्रै साथ हुन्थ्यो, कुरा गर्दा राती सम्म, निद ले समेत साथ दिन्थ्यो ।
अक्षरको जाल बुन्दै, रातलाई साक्षी राखेँ, तेरो मेरो यो उन्माद, शब्दको ऐनामा जाँचेँ। न त तिर्सना मेटिने, न त होस नै आउने, अपुरो लाग्ने यो सम्बन्ध, पागल नै जस्तो बनाउने।
फेसबुक अनि मेसेन्जरमा, बिस्तारै हामी सर्न थाल्यौँ, अडियो कलको मधुरतामा, रङ्ग नयाँ भर्न थाल्यौँ। तिम्रो पहिलो 'हेलो' सुन्दा, मुटु मेरो हल्लिएको, तेही लजालु बोलीले त, मन मेरो पल्किएको। पहिलो भिडियो कलमा तिमी, लजाएर भुतुक्कै भयौ, अन्तै हेरी हाँसिदियौ, मेरा नजर चोरि लगेउ । अहिले तिम्रो कल बिना त, जाँगर कतै आउँदैन, तिम्रो एउटा म्यासेज बिना, केहि कामगर्न मन लाउदिन । एउटै कलले तिम्रो सानु, संसार जिते जस्तो लाग्छ, तिमीसँगको नाता यो त, जुनी जुनी सम्म जस्तो लाग्छ।
कुरा गर्दा गर्दै हेर, आकर्शण बढ्न थाल्यो, मायाको यो जालोले त, हामीलाई झन् झन् बेर्न थाल्यो। कतै जाँदा सोध्नु पर्ने, एउटा मिठो बन्धन भयो…
रियाक्ट अनि कमेन्टमा पनि, हाम्रो आफ्नै नियम बन्यो। रियाक्ट कतै छुट्यो भने, स्पष्टीकरणको पालै आउँछ, यही साना कुराले त, मायामा सधैँ मिठास छाउछ। केयर गरेको महसुस हुन्छ, जब तिमी सोध्ने गर्छौ मेरो रित्तो यो मनमा, तिमी खुसी भर्ने गर्छौ मुर्झाएको यो तन मा।
अक्षरको जाल बुन्दै, रातलाई साक्षी राखेँ, तेरो मेरो यो उन्माद, शब्दको ऐनामा जाँचेँ। न त तिर्सना मेटिने, न त होस नै आउने, अपुरो लाग्ने यो सम्बन्ध, पागल नै जस्तो बनाउने।
या... या... I love you मेरी सानु, तिमी नै हौ मेरी जानु, तिमीले भनेको सबै कुरा, आखा चिम्ली सधैँ मानु । कहिल्यै नछुट्ने कसम खाएर, यो हात सधैँ थामी राख्नु, हाम्रो पवित्र यो मायालाई, दुनियाँबाट जोगाई राख्नु। यसरी नै सधैँभरि, विश्वास हाम्रो चुलिरहोस्, एक अर्काको केयरमा, यो जिन्दगी भुलिरहोस्। भगवानसँग यही छ कामना, भविष्य हाम्रो एउटै होस्, हाम्रो मायाको चिनो यहाँ, एउटा नयाँ इतिहास होस्।
या. ya.. एउटा नयाँ इतिहास होस । तिम्रो र मेरो... ya ya. एउटा नयाँ इतिहास होस । I love you सानु।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: