कक्षा १-३ मा गणित शिक्षण कसरी ? जोड,घटाउ,गुणन,भाग कसरी सिकाउने | गणित शिक्षणलाई रमाइलो कसरी बनाउने ?
Автор: ART OF TEACHING
Загружено: 2023-10-10
Просмотров: 4563
Описание:
कक्षा १-३ मा गणित शिक्षण कसरी ? जोड,घटाउ,गुणन,भाग कसरी सिकाउने | गणित शिक्षणलाई रमाइलो कसरी बनाउने ? #artofteaching2021
आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा आधारभूत तह कक्षा १ मा गणित विषयको अवधारणा विद्यार्थीमा सहजरुपमा कसरी सिकाउन सकिन्छ भन्ने वारेमा शिक्षकहरुको तालिम सामग्रीमा आधारित रहेर जानकारी दिने प्रयत्न गरेको छु ।
दैनिक जीवन सरल र सहज बनाउन गणितीय ज्ञान एउटा अपरिहार्य आवश्यकता हो । गणित बिना जीवन चल्ने कल्पना गर्न सकिँदैन । तर जीवनयापन सरल बनाउने गणित विषय नै किन बुझन गाह्रो भयो त ? वास्तवमा, गणित विषयलाई गाह्रो बनाउने काम हामी सबैबाट भइरहेको छ । यसको सुरुआत घरपरिवारबाट हुन्छ । त्यसपछि साथीभाइ, समाज र शिक्षकले पनि यसलाई गाह्रो विषयको रूपमा चित्रण गर्न पुग्छन् ।
स–साना नानीहरूलाई जन्मेको ६/७ महिना देखि घरमा जसरी वास्तविक वस्तु देखाएर भाषा सिकाउने र अभ्यास गराउनेगराइन्छ, त्यसै गरी प्राथमिक तह देखि नै गणितीय भाषा सिकाउने र अभ्यास गराउने गर्नु पर्छ । स–साना नानीहरूले कुनै पनि वस्तु चिन्न, बुझन, प्रयोग गर्न र त्यसको बारेमा अरूलाई बताउन तबसम्म सक्दैनन्, जबसम्म उनीहरूको मस्तिष्कमा त्यो वस्तुको अवधारणा (कन्सेप्ट) बन्दैन । सामान्यतया चार वर्षको उमेरमा बालबालिका सहज ढङ्गबाट बोल्न सक्ने हुन्छन् । तिनले त्यो उमेरमा आफ्ना वरिपरिका वस्तुहरूको अवधारणा बनाइसकेको हुने भएकाले नै सहज अभिव्यक्ति सम्भव भएको हो । गणितीय अवधारणा पनि उनीहरूले यसै गरी मात्र बुझन सक्छन् ।
➤मेरो बारेमा
म बिदुरहरि आचार्य नेपाल सरकारको शाखा अधिकृत (आठौं तह) । शिक्षक सेवा आयोग/लोक सेवा आयोग तयारीका लागि विविध विषयहरुको बारेमा स्पष्ट जानकारीमूलक भिडियो सामग्रीहरु तथा सामुदायिक विद्यालयले गरेका अभ्यासहरु,शिक्षक तथा विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन, (पुस्तान्तरण) अथवा अग्रजहरुका अनुभवबाट भावि पुस्ताले सिक्नु पर्ने कुराहरुका बारेमा अग्रजहरुको अनुभवसहितको भिडियो निर्माण तथा समसामयिक जानकारिमूलक सामग्रीहरुका बारेमा यस च्यानलमा अपलोड गर्ने प्रयास गरेको छु । यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद ।
➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : https://bit.ly/N53c2W
Website Link: http://www.khullakitab.com/
https://phet.colorado.edu/
Please Connect With:
Website: https://www.bidurhari.com.np/
Facebook Page : / acharya.bidurhar
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: