TU Important Notice | B.A | B.B.S | B.Sc | B.Ed 2nd Year Partial Exam Form & Details Explained
Автор: A2Z Online Institute
Загружено: 2026-05-07
Просмотров: 1076
Описание:
४ वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्तै जरुरी सूचना !
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८३ सालमा संचालन हुने २०८२ सालको ४ वर्षे स्नातक तह वि.वि.एस., वि.एड., वि.एस्सी., वि. ए. दोस्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरि बुझाउनु हुन केन्द्रीय परीक्षा संचालक समितिको निर्णय अनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको
छ।
१. परीक्षा आवेदन फाराम सम्बन्धमा :
क) परीक्षा आवेदन फाराम Online मार्फत विद्यार्थी / क्याम्पस/कलेजहरुले भरि सबै प्रक्रिया पुयाई भर्नु पर्नेछ । यसमा अन्यथा हुन गएमा त्रि. वि.प.नि.का. जवाफदेही हुने छैन ।
ख) आंशिक परीक्षा दिने परीक्षार्थीहरु २०७४ सालमा भर्ना भई २०७५ सालमा प्रथम पटक प्रथम बर्षको परीक्षा दिएकाहरुको लागि यो २०८२ सालको आंशिक परीक्षा अन्तिमको पटकको परीक्षा हुनेछ साथै यसमा २०८१ सालको नियमित तथा आंशिक परीक्षामा अनुतिर्ण भएका र अवधि ननाघेका सम्पूर्ण परिक्षार्थिहरुले यो आंशिक परीक्षा दिन पाउनेछन् ।
ग) परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै खिचेको White Background भएको पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ ।
घ) परीक्षा संचालन अबधी सम्म प्रवेशपत्रको प्रतिलिपि लिन परेमा सम्बन्धित क्याम्पसमा सम्पर्क गर्नु पर्नेछ ।
२. परीक्षा आवेदन फाराम भर्ने शुल्क बुझाउने म्याद सम्बन्धमा :
क) नियमित परीक्षा दिने परीक्षार्थीहरुले मिति २०८३-०१-२४ गतेदेखि २०८३-०२-२५ गतेसम्म नियमित दस्तुर तिरी तथा २०८३ जेठ २८ गतेदेखि असार ४ गतेसम्म दोब्बर दस्तुर तिरी सम्बन्धित क्याम्पस/कलेजमा Online परीक्षा फाराम भरेर बुझाईसक्नु पर्नेछ ।
ख) काठमाडौं उपत्यकाका क्याम्पस/कलेजहरुले त्रि.वि.प.नि.का. को नाममा जम्मा गरेको आवेदन फारामको नियमित शुल्क बुझाएको बैंक भौचर २ दिनभित्र (२०८३/०२/२७ गतेसम्म) तथा सम्पूर्ण परीक्षार्थीहरुको परीक्षा आवेदन फारामको ब्याच विवरण सूची अनिवार्य रुपमा त्रि.वि.प.नि.का., बल्खु तथा उपत्यका बाहिरका क्याम्पस/कलेजहरुले सम्बन्धित क्षे. प.नि. का. मा बुझाउनु पर्नेछ । साथै दोब्बर दस्तुर तिरेको बैंक भौचर पनि अन्तिम मिति को २ दिन भित्र प.नि.का. तथा सम्बन्धित क्षे. प.नि.का. मा बुझाउनु पर्नेछ ।
ग) परीक्षा फारामहरु बुझाउँदा सम्बन्धित प.नि.का.मा बैंक भौचर सहित सर्वप्रथम लेखा शाखामा फारामहरु रुजु गराएर सम्बन्धित फाराम शाखामा बुझाउनु पर्नेछ ।
३. परीक्षा शुल्क सम्बन्धमा :
क्र.सं. विवरण
क
नियमित परीक्षार्थीका लागि प्रति खण्ड शुल्क
शुल्क (रु.) ४७०/-
ख
परीक्षा आबेदन फाराम शुल्क
६०/-
ग
परीक्षा केन्द्र शुल्क
१००/-
घ
प्रयोगात्मक परीक्षा प्रति विषयका लागि शुल्क
१५०/-
ङ
| प्रयोगात्मक परीक्षा दुई वा दुई भन्दा बढी विषयका लागि शुल्क
२७५/-
४. परीक्षा शुल्क बुझाउने सम्बन्धमा :
क) काठमाडौं उपत्यका भित्रका र यस क्षेत्र अन्तर्गतका क्याम्पस/कलेजहरुले त्रि.वि. कीर्तिपुर बल्खु परिसर भित्र रहेका ग्लोबल आईएमई बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१०००००५०० मा वा नेपाल बैंक लिमिटेडको आम्दानी खाता नं. ०४५००१०००९९१०८०००००१ मा परीक्षा सम्बन्धी शुल्कहरु जम्मा गरी प.नि.का. को नाममा रकम बुझाएको भौचर परीक्षा आवेदन फारामका साथ अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
ख) क्षे.प.नि.का. पोखरा क्षेत्रका क्याम्पसहरुले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क क्षे.प.नि.का., पोखरा स्थित नेपाल बैंक लिमिटेड, बगर शाखाको खाता नं. ०९१००१०११०१३४००००००१ मा रकम बुझाएको भौचर परीक्षा आवेदन फाराम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
ग) क्षे.प.नि.का. विराटनगर क्षेत्रका क्याम्पसहरुले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क क्षे.प.नि.का, विराटनगर स्थित नेपाल बैंक लिमिटेड, बजार अड्डा शाखाको खाता नं. १०४००१००९२२१२००००००१ मा रकम बुझाएको भौचर परीक्षा आवेदन फाराम साथै अनिवार्य रुपमा बुझाउन पर्नेछ ।
घ) क्षे.प.नि.का. नेपालगंज क्षेत्रका क्याम्पसहरुले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क क्षे.प.नि.का., नेपालगंज स्थित ग्लोवल आईएमई बैंक लिमिटेड, त्रिभुवन चोक, बाँके खाता नं. २१०१०१०००००७६ मा रकम बुझाएको भौचर परीक्षा आवेदन फाराम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
ङ) क्षे.प.नि.का. अत्तरियाको हकमा काठमाण्डौ त्रि. वि.प.नि.का. वल्खु परिसरमा रहेको ग्लोवल बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१००००५०० मा वा नेपाल बैंक लिमिटेडको आम्दानी खाता नं. ०४५००१०००९९१०८०००००१ मा परीक्षा सम्बन्धी शुल्कहरु जम्मा गरी त्रि.वि.प.नि.का. को नाममा रकम बुझाएको भौचर परीक्षा आवेदन फारामका साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
A2Z Online Institute
#tunews #tunotice #2ndyearexam #partialexam
अनुमति बिना यस च्यानलका भिडियोहरु डाउनलोड तथा कपि गरेर अन्य कुनै ठाँउमा वा माध्ययममा हालेको पाईएमा कानुन बेमोजिम कडा भन्दा कडा सजायको भागिदार हुनुपर्ने कुरा जानकारी गराउदछौँ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: