तातोपानी नाका हुँदै दश वर्षपछि कैलाश मानसरोवर जाँदै तीर्थयात्री, दैनिक ३ देखि ६ सय जना आउजाउ गर्दै
Автор: Kantipur TV HD
Загружено: 2025-07-23
Просмотров: 1259
Описание:
सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै दश वर्षपछि तिब्बतस्थित कैलाश मानसरोवर जाने तीर्थयात्रीको आवागमन सुरू भएको छ । बाढीका कारण रसुवागढी नाका बन्द भएपछि, तातोपानी नाका हुँदै कैलाश मानसरोवर जाने तीर्थयात्रीको भिड लागेको छ ।
गत असार २४ गते राति आएको भीषण बाढीले तहसनहस पारेपछि रसुवागढी नाका अवरूद्ध छ । त्यसको विकल्पमा तीर्थयात्रीले चीनको तिब्बतसि्थत कैलाश मानसरोवरको दर्शन गर्न तातोपानी नाका प्रयोग गर्न थालेका छन् ।
तातोपानी कोदारी अध्यागमन कार्यालयमा दैनिक विभिन्न देशका सयौँ तीर्थयात्रीले अराइभल र डिपार्चरको अनुमति लिने गरेका छन् । अहिले दैनिक ३ सयदेखि ६ सय जना तीर्थयात्री यो नाकाबाट आउने जाने गरिरहेका छन् ।
प्रत्येक वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्म कैलाश मानसरोवर दर्शनको सिजन हो । केरूङ नाका बन्दभएपछि चीन सरकारले वैकल्पिक मार्गका रूपमा दश वर्षपछि कैलाश मानसरोवर दर्शन गर्ने तीर्थयात्रीलाई तातोपानी नाका खुला गरेपछि त्यहाँ भिडभाड बढेको हो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: