སྐྱབས་རྗེ་ཇོ་ནང་རྒྱལ་ཚབ་རིན་པོ་ཆེ་
Автор: iam Jerry
Загружено: 2026-01-30
Просмотров: 127
Описание:
क्याब्जे ज्योनाङ ग्यालछाब खेन्टुल छ्योकी नाङवा रिन्पोछे बाट विशेष प्रवचन कार्यक्रम हुने भएको छ।
कुन्ख्येन डोल्पोपा शेराब ग्याल्छेनका १६ ठेलीमा संकलित धार्मिक कृतिको आगम तथा प्रवचन कार्यक्रम काठमाण्डौको आरुबारी स्थित डोल्पो समाजको गुम्बामा आयोजना गरिने भएको हो।
डोल्पो समाजका संस्थापक अध्यक्ष ङिमा रिन्पोछे तथा वर्तमान अध्यक्ष कर्पो छोल सहित कार्यसमितिका पदाधिकारीहरूको अनुरोधलाई स्वीकार गर्दै क्याब्जे ज्योनाङ ग्यालछाब खेन्टुल छ्योकी नाङवा रिन्पोछेले सो प्रवचन कार्यक्रम गर्न लागेको हो।
डोल्पो समाजको आयोजनामा हुन लागेको १० दिने कार्यक्रम यही फेब्रुअरी १ देखि १० तारिख सम्म सञ्चालन हुनेछ।
आगम तथा प्रवचन कार्यक्रमका लागि क्याब्जे ज्योनाङ ग्यालछाब खेन्टुल छ्योकी नाङवा रिन्पोछे बिहीबार सिंगापुरबाट नेपाल आइपुगेका छन्। रिन्पोछेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डोल्पो समुदायले भव्य स्वागत गरेको थियो।
डोल्पो समाजका अनुसार, हिमाली क्षेत्र डोल्पोमा जन्मिएका र स्वयं बुद्धद्वारा भविष्यवाणी गरिएका महान् सिद्ध पुरुष कुन्ख्येन डोल्पोपा शेराब ग्याल्छेनका धर्म–परम्परा, दर्शन र विरासतको संरक्षण तथा प्रवर्द्धन नै कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
डोल्पोवासीहरूको साझा आस्थाको धरोहर मानिने कुन्ख्येन डोल्पोपा शेराब ग्याल्छेन, जसलाई ‘डोल्पो बुद्ध’का रूपमा समेत चिनिन्छ।
डोल्पो समाजका अनुसार कार्यक्रमले हिमाली डोल्पोको धर्म–संस्कृतिको संवर्द्धन, विश्व शान्तिको कामना तथा विशेषगरी नेपालमा सुख, शान्ति र समृद्धिको सन्देश फैलाउने लक्ष्य लिएको छ।
हिमाली डोल्पोको धार्मिक–सांस्कृतिक इतिहाससँग जोडिएको अन्तर्राष्ट्रिय धार्मिक कार्यक्रमलाई बौद्ध दर्शन र संस्कृतिको संरक्षणमा महत्वका साथ हेरिएको छ।
#TashiTelevision #DolpoSociety #KunkhyenDolpopaSherabGyaltsen #KarpoTsol #TashiNews #Tashitv #Dolpo #Dolpa #NgimaRinpochhe #NyimaRinpoche #NyimaRinpochhe།
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: