७० लाखको व्यक्तिगत लगानीमा देउराली फुट्सल सन्चालनमा, युवालाई खेलतर्फ मोड्ने प्रयास
Автор: Numaphung Media
Загружено: 2026-01-05
Просмотров: 501
Описание:
धरान–५ मा ‘धरान देउराली फुट्सल’ सञ्चालनमा, लागू औषध दुरुपयोग विरुद्ध खेलकुदको पहल
धरानलाई लागू औषध दुरुपयोग मुक्त सहर बनाउने तथा युवाहरूलाई खेलकुदमार्फत सकारात्मक दिशामा अग्रसर गराउने उद्देश्यका साथ धरान–५ मा नयाँ फुट्सल मैदान सञ्चालनमा आएको छ।
धरान–५ निवासी अनिल राईले आफ्नै व्यक्तिगत लगानी करिब ७० लाख रुपैयाँ बराबरको लागतमा धरान देउराली फुट्सल निर्माण गर्नुभएको हो। उक्त फुट्सल मैदानको उद्घाटन पौष २१ गते वडा नम्बर ५ का वडा अध्यक्ष मनप्रसाद लिम्बुले रिबन काटेर गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष लिम्बुले खेलकुदले मानिसलाई शारीरिक रूपमा तन्दुरुस्त राख्नुका साथै लागू औषध जस्ता नकारात्मक क्रियाकलापबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सबै युवाहरूलाई आफूले चाहेको खेलकुदमा नियमित रूपमा आबद्ध हुन आग्रह गर्नुभयो।
कार्यक्रममा वडा सदस्यहरू विजय राई, सुनिता राई तथा वडा नम्बर ४ का वडा सदस्य राजन राई विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै वडा सचिव हिरालाल विश्वकर्मा, देउराली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष जीवन लिम्बू, बिरेन्द्र लिम्बू, एम. कुमार खत्री लगायतका शिक्षाप्रेमि अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
देउराली चिल्ड्रेन एकेडेमी स्कुलका प्रिन्सिपल पृथ्वीबहादुर रइकर मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम मिस्टर सरद चिकनको सभापतित्वमा सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रम सम्पन्न पश्चात् स्थानीय युवाहरूले उत्साहपूर्वक फुट्सल खेल्दै खुशी साटासाट गरेका थिए।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: