पीरले भन्दा प्रेरणाले मान्छेलाई गतिशील बनाउँछ । सम्बन्धहरू ..Sangeet Sarowar 516
Автор: Pahichan
Загружено: 2018-06-02
Просмотров: 727
Описание:
पीरले भन्दा प्रेरणाले मान्छेलाई गतिशील बनाउँछ । सम्बन्धहरू प्रेरणा समातेर अघि बढ्नुपर्छ । आरोप र आशंकाले हृदयमा छिद्र पैदा गराउँछ । अविश्वास बोकेर त मान्छेले दर्विलो खुट्टा टेक्न सक्दैन । सक्छ त ? यता सुन त महामानव बुद्धले भन्नु भएको छ “मानिसले गल्ती गर्न लालयित हुनुपर्छ, किनभने केही गर्न अग्रसर हुनेबाटै गल्ती हुने हो । तर एउटै गल्ती बारम्बार दोहोरिन दिनु चाहिँ पाप हो” भनेर वहाँले भन्नु भएको छ । सरू ! यो सचेतनालाई व्यवहारमा उतार्ने धर्तीकै पहिलो प्रेयसीका रूपमा पाउन सकुँ तिमीलाई ।
यता सुन न गएको हप्ता तिमीले गाउँका केही व्यक्तिहरूसँग “अब सरोवरले सरू नभएको जीवन पनि बाँच्नुपर्छ” भनेर कुरा गरेको सुनेपछि, त्यो साँझ कोठाको वत्ति निभाएर बेस्सरी रोएको थें । सरोवरको छविलाई परिपक्व प्रेमीको रूपमा स्थापित गराउन तिमीले त्यसो भनेकी रहिछ्यौ । सुनाउनेले आधा कुरा मात्र सुनाए । छुटाएको बाँकी अंश सुनेपछि त म लज्जित बनें सरू म लज्जित । तर क्षमा माग्ने स्वतन्त्र तिमीले ममा छाडेकी छैनौ । “आ सरोवर हामी वीच जसले गल्ती गरेपनि सरी भन्न आवश्यक छैन” भनेर तिमीले मसँग सहमती मागेकी छ्यौ ।
गल्ती सम्झेर ग्लानी गरिरहनुले आत्मबललाई क्षिण बनाउँछ सरोवर भनेर तिमीले बारम्बार भनेकी पनि सम्झिएँ। त्यसपपछि खास कुरो थाहा पाएकै साँझ एक्लै हाँसेर ग्लानी पखालें सरू एक्लै हाँसेर ग्लानी पखालें ।
जब मान्छेमा परिपक्वता आउन थाल्दछ तब उसले दोस्रो व्यक्तिको गल्ती र कमजोरीमा घृणा गर्न छाड्दछ । असल कुरा मात्रै रोजेर प्रेम गर्ने कदापि प्रेमी हुन सक्दैन । धेरै कुरामा एउटा कमजोर पुरुषलाई प्रेमीको रूपमा स्वीकार्नु तिम्रो परिपक्वता र तिम्रो महानताको उदाहरण हो सरू ।अँध्यारोसँग जिवनका सुख–दु : ख साट्नेहरुका लागि .........
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: