प्रदेश लोक सेवा आयोग विधेयक प्रतिनिधिसभामा | Kantipur Samachar
Автор: Kantipur TV HD
Загружено: 2019-03-04
Просмотров: 508
Описание:
संघीय सरकारसँग हाल रहेका कर्मचारीको समायोजन र प्रदेश लोकसेवा अायोग गठनले कर्मचारीतन्त्रको संघीय संक्रमण अन्त्य गर्दै छ । तर यतिखेर प्रश्न उठेको छ, के अहिलेसम्म विश्वसनीय मानिएको संघीय लोकसेवा आयोगको साख प्रदेश लोकसेवाले पनि कायम गर्ला त ? राष्ट्रियसभाबाट पारित भै प्रतिनिधिसभामा पुगेको विधेयक हेर्ने हो भने अधिकांश मापदण्ड संघीय लोकसेवा आयोगकै राखिएका छन् । संघीय आयोगले अपनाएकै सिद्धान्त, कार्यविधि र मापदण्ड अनुसार काम नभए त्यसलार्इ बदर गर्न सकिने व्यवस्था समेत गरिएको छ । प्रदेश र स्थानीय तहका कर्मचारी भर्ना गर्दा आयोगलाई पूरै विश्वसनीय बनाउन यस्तो प्रावधान राखिएको कानुन निर्माताको भनाइ छ । मुख्यमन्त्री अध्यक्ष र प्रदेश सभाका सभामुख तथा विपक्षी दलका नेता सदस्य रहेको समितिले प्रदेश लोकसेवाका पदाधिकारी नियुक्त गर्ने भनिएको छ । त्यसमा राजनीतिक भागबन्डा हुँदा कर्मचारी भर्नासमेत प्रभावित हुन सक्ने जोखिम कायमै छ । खासगरी परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा अन्तर्वार्तामा सामान्य गडबढी भए पनि त्यसले सिंगो प्रणालीकै विश्वसनीयतालाइ कमजोर बनाउनेछ । आयोग गठन सम्बन्धी कानुन संघीय संसदले बनाए पनि कर्मचारी भर्ना सम्बन्धी कानुन, नियमावली र कार्यविधि प्रदेशबाटै हुन्छ । त्यसमा कहीँकतै चलखेलका छिद्र राखिए लोकसेवा आयोगको विश्वासनीयता रहने छैन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / ourktv
Instagram: / kantipurtelevision
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: